
भोजपुर शेर्पा समाज किदुगको सदस्य तथा भोजपुर जिल्लाबाट विरामी भई उपचारका लागि काठमाण्डौँ आउने विरामीहरुले विशेष छुटको साथ उपचार गर्न पाउने भएको छ । श्रवाण २३ गते बुधवार काठमाडौंको चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल र भोजपुर शेर्पा समाज किदुकवीच एक सम्झौता गर्दै किदुगका सदस्य र उनीहरुको परिवार तथा किदुकको सिफारिसमा भोजपुर जिल्लाबाट राजधानी आएको विरामीको केही प्रतिशत छुट सहित उपचार हुने भएको हो ।
स्तुपा सामुदायिक अस्पतालमा सेवा लिन आउने भोजपुर जिल्लाका बिरामीहरु र किदुगका सदस्यहहरुले किदुगबाट दिएको सदस्य कार्डमार्फत विभिन्न सेवामा विशेष छुट पाउने किदुगका अध्यक्ष वाङचु शेर्पाले जानकारी दिनु भयो । किदुकको अध्यक्ष वाङचु शेर्पा र स्तुपा सामुदायिक अस्पतालको निर्देशक डा। पेम्बा लामाले हस्ताक्षर भएको करारनामामा ओ. पि. डि. २५% , Investigation (२५%, Surgery and other Procedures १५% र बेड चार्ज २५% छुट सहति उपचार सेवा लिन पाउने भएको हो । आर्थिक अवस्था कमजोर भएका जो कोहीले पनि सहुलिय दरमा उपचार गर्न पाउनु पर्छ भन्ने उद्देश्यले यो सम्झौता गरेको स्तुपा सामुदायिक अस्पतालको निर्देशक डा। पेम्बा लामाले बताउनु भयो ।
भोजपुर शेर्पा समाज किदुकको सदस्यहरु बिशेष गरेर काठमाडौंको बौद्ध, जोरपाटी, चाबहिल र कपन आसपासका क्षेत्रहरुमा बसोबास गर्ने र स्तुपा सामुदायिक अस्पताल यी स्थानहरुमा बसोबास गर्ने सदस्यहरुको लागि पायक पर्ने स्थानमा रहेको हुनाले पनि यो स्तुपा संग सहकार्य गरेर अगाडी बढेको किदुगका सचिव प्रजिना चौहान शेर्पाले जानकारी दिनु भयो । जिल्लाको आर्थिक अवस्था कमजोर भएको शेर्पा समुदयको परिवारहरुलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले यो करारनामा गरिएको हो ।
करारनामा भोजपर शेर्पा किदुकको सदस्य र उनीहरुको परिवारहरुले र विशृष गरेर भोजपुर शेर्पा समाज किदुगको सिफरिसमा भोजपुर जिल्लाको शेर्पा समुदायले उपचार गर्न पाउने भएको हो । भोजपुर जिल्लाबाट राजधानी आई बसोबस गरेको शेर्पा समुदायले सुख दुखमा साथ दिने उदेश्य सहित स्थापना भएको यस किदुगले शेर्पा समुदायमा विभिन्न कार्यक्रमहरु गर्दै आई रहेको छ ।