तामाङ भाषामा शिक्षा

काठमाडौको बौद्धस्थित महेन्द्र माध्यामिक बिद्याललयको कक्षा ५ को कक्षामा यसरी नै तामाङ तथा गैह्र तामाङ बिद्यार्थीहरु तामाङ भाषाको आफनो (जिन्दा) पाठ्य पुस्तक पढिरहेका थिए ।

यहाँ यसरी तामाङ भाषामा शिक्षण हुन थालेको झन्डै २६ बर्ष भइ सकेको छ । स्थानीय महेन्द्र मावि, बौद्धका सहायक प्रधानाध्यापक तारा बहादुर थापाका अनुसार वि.स. २०६२/६३ बाटनै यहाँ तामाङ भाषाबाट पठनपाठन सुरु भएको हो । अहिले यहाँ कक्षा १ देखि ५ सम्म आफनै पाठ्यक्रम र पाठ्यपुस्तकका आधारमा तामाङ भाषाको बिषयगत पठन पाठन हुने गरेको छ । यसको सुरुवात भने अभियानकर्ता सिंग बहादुर तामाङको पहलमा भएको हो ।

त्यसो त तामाङ मातृभाषाको शिक्षाको प्रारम्भ काठमाडौको बौद्धमा मात्र होइन, तामाङ भाषी बहुल क्षेत्रका स्थानीय तहमा अभियानकै रुपमा सुरु भएको छ । २०७२ मा जारी भएको नेपालको संविधानमा बहुभाषिक शिक्षा उल्लेख भएको हुँदा नेपाल भर नै बहुभाषिक शिक्षाका पूर्वाधारको प्रयास भइरहेको छ । संबैधानिक रुपमा स्थापित भाषा आयोगका उपसचिव डा. लोक बहादुर लोप्चनले जानकारी दिनु भए अनुसार धेरै स्थानीय तहले बहुभाषिक शिक्षाका लागि पालिका तहको नीति र कार्यक्रम बनाएका छन् ।

बौद्धको महेन्द्र माध्यामिक बिद्यालय भने नेपाल भरमा सबै भन्दा पहिलो तामाङ भाषा शिक्षण गर्ने बिद्यालय हो । स्थानीय अभिभावक तथा बिद्यालय व्यबस्थापन समितिका सदस्य खड्गजित लामाका अनुसार विद्यालयमा ५० प्रतिशतभन्दा धेरै तामाङहरु रहेका कारण स्थानीय अभिभावक र समुदायको पहलमा यहाँ शिक्षण सुरु भएको हो । ‘हामीले स्थानीय पाठ्यक्रम बनायौ, र समुदायको सहभागितामा पढाउँदै आइरहेको छौ ।  यो कार्य हालपनि निरन्तर रहेको छ ।’ व्यबस्थापन समितिका सदस्य लामाले बताउनु भयो ।

यसरी नै स्थानीय शिक्षक मीम बहादुर लामाले पनि स्थानीयस्तरमा तामाङ समुदायको बाक्लो बस्ती भएको हुँदा तामाङ भाषाको शिक्षण सम्भव भएको बताउनु भयो । वालवालिका आफनो मातृभाषामा पढ्न चाहने चाहना र अभिभावकको जागरणका कारण सम्भव भएको उहाँको भनाई थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक तारा बहादुर थापा संवैधानिक दायित्व र स्थानीय बासिन्दाको आकाँक्षाबाट बिद्यालय तहमा मातृभाषाको शिक्षा सम्भव भएको बताउनु हुन्छ ।  ‘बौद्ध वरपर स्थायी र अस्थायी रुपमा बासोबास गर्ने तामाङ समुदायको बाक्लो बस्तीहरु छन् । उनीहरुको बालबालीकालाई तामाङ भाषा, लिपि, र संस्कार संस्कृतिको बारेमा जानकारी गराउने इच्छा पनि छ ।’ सहायक प्रधानाध्यापक थापाले भन्नु भयो– ‘सोही बमोजिम  विद्यायल सक्रृयरुपमा लागेको हो । नयाँ परिस्थितिमा बिद्यालयलाई बहुभाषिक बनाउँछौ ।’

महेन्द्र माध्यामिक बिद्यालय बौद्धमा तामाङ भाषाको शिक्षण सुरु हुनुमा अभिभावकको पहल महत्वपूर्ण देखिएको छ । स्थानीय बिद्यालय व्यबस्थापन समितिका सदस्य खड्गजीत लामाले जानकारी दिए अनुसार तामाङ मातृ भाषाको प्रयोगकर्ता कम हुँदै गएकोले महेन्द्र बौद्ध माविका अभिभावकहरुको पहलमा भाषाको फरक पाठ्यक्रम बनाएर सुरु गरिएको हो ।  ‘पाठ्यक्रम बनाउनु देखि यसको शिक्षण सुरु गर्दा स्थानीय समुदायको  प्रायजसो तामाङ भएकै कारण  हामीले यो शिक्षा लागू गर्ने निर्णय गरेका हौ । बिगत २० बर्ष देखि स्थानीय पाठ्यक्रम निर्माण गरेर पढाई सुरु गरेका हौ ।’ अभिभावक समेत रहनु भएका खड्गजीत लामाले भन्नुभयो देशकै पहिलो तामाङ भाषा पढाई हुने बिद्यालय बनाएका छौ । यो कार्य अहिलेसम्म निरन्तर। जारी रहेको छ ।  भविष्यमा पनि जारी रहने छ ।‘

बिषयगत कि माध्यम 

बहुभाषिक शिक्षा मूलत : दुई प्रकारको हुन्छ । एउटा  विषयगत र माध्यम । धेरै स्थानमा तामाङ भाषाको शिक्षा दुबै बिधिबाट गर्ने प्रयत्न भएको छ  । दुबै प्रकारका शिक्षण सिकाईको अभ्यास  सुरु भएको छ ।

‘मातृभाषाको शिक्षा र मातृभाषामा शिक्षा फरक बिषय हो । बौद्धमा पढाइ हुने मातृभाषाको शिक्षा हो । अहिले काठमाडौ महानगरले थालेको पनि बिषयगत मातृभाषाको शिक्षा हो । भाषाविद् अमृत योन्जनले बिश्लेषण गर्दे भन्नु भयो ’संविधानमा भने मातृभाषामा शिक्षा भनिएको छ । मातृभाषामा शिक्षा भनेको माध्यम हो अथवा बालबालिकाले गणित, विज्ञान, सामाजिक, आदि मातृभाषाबाटै अध्ययन गर्न पाउँने भनिएको हो र मातृभाषाको शिक्षा चाँहि विषयको शिक्षा हो । भाषा बचाउँनको लागि एक विषयको आवश्यक छ तर ज्ञानको पँहुच पुग्ने हो भने त्यसलाई माध्यम चाहिन्छ ।‘

 

त्यसो त माध्यमका रुपमा बिभिन्न जिल्लाको अभ्यास पुरानो हो । मातृभाषामा शिक्षा सम्बन्धि विद्यावारिधि गर्नु भएका भाषा आयोगका उपसचिव डा लोक बहादुर लोप्चनका अनुसार रसुवा जस्तो जिल्ला, काभ्रे जस्तो जिल्लाका विद्यालयहरुमा बहुभाषा बोलेर शिक्षण नगरी सम्भव नै हुन्न । त्यहाँ बहुभाषाको प्रयोग भईरहेको छ । उहाँले थप्नु भयो ’काठमाडौको महेन्द्र बौद्ध, सुर्यविनायक नगरपालिकाको साँगा स्थित सरस्वती माविमा पनि तामाङ मातृभाषामा पढाई हुन्छ ।  रसुवा, नुवाकोटमा र काभ्रेको डाँडापारि पनि अध्ययन, अध्यापन भइरहेको छ ।  यसरी विषयगतरुपमा कम र माध्यमगतरुपमा धेरै रहेको पाइँन्छ ।‘

रसुवाको अधिकाशं विद्यालयमा तामाङ भाषा नबोली अध्ययननै हुदैन यसैगरि तेमाल, रामेछाप, दाृेलखा तिरका बालकक्षामा तामाङबाटै पढाइन्छ । डा लोप्चनले भन्नु भयो ’औपचारिक रुपमा भन्दा एक दुईओटा विद्यालय देखाउन पनि कठिन अवस्था छ । अनौपचारिक रुपमा अध्ययन गराइरहेका भने भेटिन सकिन्छ । त्यहि अनौपचारिकलाईनै बहुभाषिक शिक्षा घोषणा गर्नुपर्छ र बिस्तारै अनिवार्यतर्फ ल्याउनु पर्दछ ।‘

शिक्षण सिकाई 

मातृभाषाको बिषयत र माध्यमका रुपमा शिक्षण गरिँदा सिकाईको गुणस्तर कायम भएको स्थानीय शिक्षक तथा बिद्यार्थीहरुको बुझाई छ । यसबाट  मातृभाषा तामाङ भएका बिद्यार्थी र अभिभावक दुबै खुशी भएका छन् । महेन्द्र माध्यामिक विद्यालय बौद्धस्थित कक्षा ५ मा अध्ययनरत छोइङ वाइवा आफनो तामाङ मातृभाषामा सिकेर समाजसंग अन्तरक्रिया गरेको बताउनु हुन्छ । ‘म बोल्छु पनि लेख्छु पनि…’ वाइवा ले भन्नु भयो, ‘पहिला पहिला आफनो मातृभाषा बोल्न नजान्दा नरमाइलो  लाग्थ्यो । तर अहिले मेरो आफनै मातृभाषा जान्न पाउँदा खुशी लागेको छ ।’ उहाँ जस्तै अर्का छात्रा विशेष तामाङ पनि खुशी हुनु हुन्छ, भन्नु हुन्छ, ‘मातृभाषा शिक्षा यहाँ आधारभूत तहमा मात्र छ । माध्यमिक तहसम्म अध्ययन गर्न पाए अझ राम्रो हुने  थियो ।’

महेन्द्र माध्यामिक बिद्यालयकी तामाङ भाषा शिक्षिका सोमिका लामाको भनाईमा पनि बिद्यालयमा तामाङ भाषा शिक्षण भएबाट अभिभावक र  वालवालिकाबाट राम्रो प्रतिक्रिया पाएको बताउनु हुन्छ । यहाँ बालबालिकाहरुले भाषा मात्र नभएर ज्ञान पनि सिकिरहेका छन् । अभिभावकहरुबाट पनि राम्रै प्रतिकृया आएको छ र मातृभाषामा पढाउनु पर्छ भनिरहनु भएको छ । उहाँको बिचारमा मातृभाषा देशको सम्पत्ति हो । यसको संरक्षण गर्नुपर्ने र यसलाई माथिल्लो कक्षासम्म लैजानसके  राम्रो हुने बिचार राख्नु हुनछ ।

बौद्ध माध्यामिक बिद्यालयमा मातृभाषा सिक्ने तामाङमात्र भने छैनन् । गैरतामाङहरु पनि छन् । शिक्षिका लामाका अनुसार तामाङ भाषाको कक्षा लिन चाहनेहरु सबै जातिका छन् । ‘बाहुन पनि छन् ।  राइ पनि छ । सुनुवार पनि छ्न् । नगरकोटी पनि छन् । सबै जातिका बाल बालिकाले तामाङ भाषामा पढछन् । चाहाना हुनेले पडन आउँछन् । यो उनीहरुको खुशीको कुरा हो ।’ उहाँको थप भनाई थियो ।

त्यसो त तामाङ भाषाको शिक्षण तामाङ शिक्षकले नै गर्नू पर्ने बाध्यता छैन । गैह्र तामाङ मातृभाषीहरुले समेत भाषा शिक्षण गर्न सक्ने उदाहरणका रुपमा अनिता ढुंगाना हुनु हुन्छ । उहाँ आफनो मातृभाषा तामाङ नभए पनि भाषा सिकेर शिक्षण गरेको अनुभव सुनाउनु हुन्छ । ‘सुरु सुरुमा मलाई यो भाषा प्रति लाग्यो । आफैले तामाङ भाषा सिके । लिपी पनि सिके । म आफु तामाङ समुदायको नभए पनि भाषा र लिपि सिकेर बच्चाहरुलाई सिकाउँदा बच्चाहरुपनि खुशी र आफुपनि खुशी भएकी छु । किनभने यो भाषा भन्ने कुरा सिक्दा धेरै राम्रो हुन्छ र अन्य गैर तामाङका बच्चाहरु बाहुनहरु, शेर्पाका बालवालिकाहरु पनि सिक्नमा उत्सुक्ता देखिन्छ । सिक्न आइरहेका छन् । हामी पनि सिकाई रहेका छौ ।’ ढुंगानाले भन्नु भयो ।

मातृभाषा वालवालिकाको अधिकार 

मातृ भाषामा शिक्षा पाउँनु वालवालिकाको नैसर्गिक अधिकार भएकाले सबै विद्यालयको बस्तुस्थिति अनुसार बहुभाषिक शिक्षा लागू हुन पर्ने भाषिक अभियन्ताहरुको जोड छ । ’यो संविधानमा व्यबस्था भएको कानूनमा उल्लेख भएको बिषय भएकोले कार्यन्व्यन त हुनै पर्छ, भाषविद् अमृत योञ्जनले भन्नु भयो –‘थप बालबालीकाले मातृभाषामा शिक्षा लिन अधिकार पनि हो । यस्तो  शिक्षा सहज हुन्छ, ज्ञानमा पँहुच छिटो हुन्छ । अरु भाषामा गर्दा उसलाई धेरै अफ्ठेरो पर्दछ ।’

 

नेपाल सरकारले वाल अधिकार महासन्धिको पक्ष राष्ट्र भएको तथा अन्य अन्तर्राष्ट्रिय सन्धी सम्झौतामा पनि मातृभाषामा शिक्षाको ग्यारेन्टी गरेको हुनाले मातृभाषाको शिक्षालाई अधिकारका रुपमा बुझ्न पनि भाषविद् तामाङले अनुरोध गर्दै भन्नु भयो ‘कुनैपनि बालबालीका विद्यालयमा पुगेर उसले आफ्नो मातृभाषा शिक्षाबाट बँन्चीत हुन पाउँनुहुँदैन । उसको अधिकार भएको हुनाले संबोधन गर्ने प्रयास गर्नुपर्दछ ।’

नेपालको भाषाको संरक्षण गर्ने र प्रबद्र्धन गर्ने उदेश्यका साथ यही संविधानमा भाषा आयोगको स्थापना भएको छ ।  भाषा आयोगले बिभिन्न संस्थाको सहयोग र पहलमा मातृभाषाको शिक्षाको सहजीकरण गरिरहेको छ । भाषा आयोगका उपसचिव डा. लोक बहादुर लोप्चनको शव्दमा ‘भाषा आयोग आफैले काम गर्ने भन्दा पनि प्राविधिक सहयोग जुटाउने काम गर्दछ ।’

‘संविधानकै धारा ३१ देखि ७ जस्तो ५१ मा बहुभाषिक नीति व्यवस्था गरिएको छ । त्यो नीति अनुसार भाषा आयोग आफैले पनि काम गरिरहेको छ । र स्थानिय तहले पनि काम गरेको छ । भाषा आयोगकै भन्नुपर्दा २४ वटा स्थानिय तहमा अध्ययन गरेर मातृभाषाको शिक्षाका लागि  नेपाल सरकारलाई सिफारिस पनि गरिसकेको छ ।  स्थानिय तहलाईनै नाम तोकेरै सिफारिस गरेको हुनाले त्यसले कार्यन्वयनको सम्भावना बढेको छ र अर्को आयोगले पनि सहजिकरण गरिरहेको छ ।’ उपसभिव लोप्चनले भन्नु भयो ‘बिभिन्न संघ संस्थासंगकोे सहकार्यमा गरि देशको विभिन्न स्थानहरुमा  मातृभाषाका कार्यक्रमहरु संचालनमा रहेको छ । पहिलेको भन्दा धेरै आशाको रुपमा कामहरु अगि बढेको छ । यदपि बिचमा मातृभाषाको शिक्षाको विषयमा भ्रम, अंग्रेजीमोह र बजारमा आधुनीक प्रविधिको प्रभाव छ त्यसले गर्दा चाहि जुनरुपले गति लिनुपर्ने हो त्यो समाइसकेको छैन ।’

लिपीको प्रश्न 

मातृभाषाको शिक्षण संगै लिपीको प्रश्न उठ्ने गरेको छ । तामाङ भाषाको सन्दर्भमा देवनागिरी र तामयीग लिपी प्रयोग हुँदै आएको छ ।  यस बाहेक सम्भोटा लिपीमा पनि पाठ्य सामाग्री बनाउने अभियान छ । नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ भाषा बचाउन लिपिको आवश्यक पर्ने बताउनु हुन्छ । नेपाल तामाङ घेदुङले प्रर्बद्धन गरेको लिपि सम्बोटा रहेको उहाँको दावी छ । शास्त्रीय पुस्तकको लिपि त्यसलाई हामीले लामाको अक्षर भन्छौ । लामाको अक्षर ढु)गामा भन्ने गरिन्छ । यसलाइै सम्बोटा लिपि पनि भनिछ र हामीले यसलाई  तामयिग भनेका छौ  महासचिव घिसिङले भन्नु भयो ।

अर्का अभियन्ता प्रतिक तामाङले पनि तामाङहरुको लिपि भनेर आधारभुत रुपमा हामीले सम्बोटा लिपिलाईनै लिएका छौ । यो उछेन लिपी भएको बताउनु हुन्छ ।  अर्का अभियन्ता मोहन कुमार तामाङ भने सम्बोटा लिपिका चाहिनेमात्र अक्षरहरुलाई ग्रहण गरेर त्यसलाई नेपाल तामाङ घेदुङले तामयिक लिपि भनेको छ । त्यही लिपी चलाउनु पर्ने तर्क गर्नु हुन्छ ।

मातृभाषाको शिक्षाका लागि अनुकूल कानूनी व्यबस्था 

नेपालमा मातृभाषाको शिक्षाको चर्चा २०४७ को संविधानबाट सुरु भएको हो । तत्कालीन संवैधानिक व्यवस्था पर्याप्त थिएन । २०६३को अन्तरिम संविधानमा मातृभाषाको शिक्षामा केही अनुकूल भए पनि राजनीीतक अस्थिरताका कारण यस्लेगति लिन सकेन । तर हालको संविधानमा मौलिक हकमा मातृभाषालाई मौलिक हकको रुपमा व्यबस्था भएको तथा बहुभाषिक शिक्षालाई संविधानको मूल मर्म भएको हुँदा सकारात्मक वातावरण बनेको हो । 

 

भाषविद् अमृत योन्जन तामाङले जानकारी दिनु भए अनुसार मातृभाषाको पठ्यक्रम २०५४ सालदेखिनै थियो अहिले २०६३ पछि मात्र नेपाल सरकारले प्राथमिकतामा राखेर काम गर्न थालेको हो । उहाले आफनो अनुभव राख्दै अगाडि भन्नु भयो ‘आफैले नेश्नल टेकनिकल एडभाइजरको रुपमा काम गर्दा ७ वटा जिल्लाको ८ वटा विद्यालयमा मातृभाषामाध्यमबाट पठनपाठन सुरु भएको हो । त्यसको नीति पनि बनेको छ ।  तर अहिले चाहिँ सबै अधिकार स्थानीय  तहमा पुगेको हुनाले त्यो अधिकार गाउँपालिका र नगरपालिकामा निहित छ ।’

नेपाल तामाङ घेदुङका महाुसचिव बाबु घिसिङका अनुसार तामाङ मातृभाषाको शिक्षणका लागि घेदुङले पहल गरिरहेको छ । तर कतिवटाले सुरु गरे भन्ने कुराको भने यकिन तथ्यांक उपलव्ध छैन । तर धेरैभन्दा धेरै गाउँपालिकाले लागु गरिरहेको भन्ने अनुमान छ । उदाहरणको लागि अहिले स्थानिय तह र नेपाल तामाङ घेदुङ मिलेर ३२ वटा गाउँपालिका नगरपालिकामा मातृभाषा शिक्षाको अभिमूखिकरण भएको छ । यसै प्रकारले अरु गाउँपालिकाहरुले पनि काम गरिरहेको होला भन्ने उहाँको अनुमान छ ।

संविधानको अनूसूचिमा राज्यशक्तिको बाँडपाmडमा आधारभूत शिक्षा स्थानीय तहको भागमा परेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ले माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई निक्षेपण गर्दै आधारभूत तहमा बहुभाषिक शिक्षा दिने जिम्मेवारी पनि सुम्पिएको छ । यही पृष्ठभूमिमा बहुभाषिक शिक्षाको पूर्वाधार तयार गर्ने क्रम सुरु भएको हो र तामाङ भाषाको शिक्षण पनि सुरु भएको छ ।

बागमती प्रदेशको जनसाँख्यिक बनावट अनुसार सबै भन्दा धेरै तामाङ भाषिको जनसंख्या रहेको छ । भाषाविद् अमृत योन्जन तामाङका अनुसार बागमती प्रदेशका १२९ मध्ये ३२ स्थानीय तहमा तामाङ भाषाको शिक्षा सम्बन्धि काम सुरु भएको छ ।  भाषा आयोगको अध्ययन अनुसार नेपाल भर तामाङको जनसंख्या १५ लाख ४० हजार भन्दा बढि छ  । नेपाल तामाङ घेदुङको अगुवाइमा बागमती प्रदेशको १३ जिल्लाको ३२ पालिकासंग तामाङ भाषा पठन पाठनका लागि संझौता भएको छ । सोही अनुरुप पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणका निम्ती डमी तयार भएको छ । बाग्मति प्रदेशको १३ जिल्ला सिन्धुली, रामेछाप, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर,  काठमाडौ, रसुवा, नुवाकोट,  धादिङ, चितवन र मकवानपुर नै तामाङहरुको मूल थातथलो हो ।

मायालु तामाङ इन्डिजिनियस टेलिभिजनमा कार्यरत हुनुहुन्छ । विगत १५ वर्षदेखि पत्रकारितामा निरन्तर कार्यरत तामाङले आदिवासी जनजाति विशेषगरी मानव वेचविखन, महिला अधिकार र आदिवासी जनजातिहरुको विषयहरुमा कलम चलाउनुहुन्छ । 

प्रकाशित मिति १६ भाद्र २०७८, बुधबार १६:५२

सम्बन्धित समाचारहरु