काठमाडौं । तामाङ रिमठिम पर्यटन संजालको दोस्रो बार्षिक साधारण सभा ठमेल स्थित एक होटलमा सम्पन्न भएको छ। सस्थाको दोस्रो साधारणसभावाट टानको पूर्व महासचिब सरिता लामाको अध्यक्षतामा १७ जनाको नयाँ कार्यसमिति चयन गरिएको छ ।

पर्यटन क्षेत्रमा सक्रिय तामाङ व्यवसायीहरुलाई एकै ठाउँमा ल्याउने उदेश्यले स्थापना गरिएको तामाङ रिमठिम पर्यटन संजालको दोस्रो कार्यकालको लागि अध्यक्षतामा सरिता लामा, वरिष्ठ-उपाध्यक्ष दोर्जे लामा, उपाध्यक्ष- रितु ग्याम्दान लामा, महासचिव- नरध्वज तामाङ(क्षितिज), सचिब- बिजय तामाङ, कोषाध्यक्ष- कुमार लामा, सह-कोषाध्यक्ष- विश्वाराज तामाङ चयन गरिएको छ । सस्थाको सदस्यहरू रबि लामा, हिमाल तामाङ, प्रकाश लामा, अमृत थोकर, शान्ती तामाङ, पुष्कर तामाङ, टीका ब. तामाङ, दावा तामाङ, प्रदिप कुमार तामाङ र पासाङ धुन्तुप तामाङ चयन गरिएको छ।

काठमान्डौँ गार्डेन होम ठमेलमा सम्पन्न भएको साधारणसभाले महासचिव छेटुप तामाङ र कोषाध्यक्ष ऋतु ग्यामदानको बार्षिक प्रतिबेदन पारित गर्दै आगामी बर्ष ०८०/०८१ को लागि सातबुँदे कार्ययोजनासमेत पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय