सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० अन्तर्गत पर्ने १६ वटा माने पर्खालहरुको मर्मत कार्य गरिने भएको छ ।
बुद्धधर्मावलम्बीहरुको आस्थाको प्रतिक, सांस्कृतिक तथा पर्यटकिय महत्व बोकेको १६ वटा माने पर्खालहरुको अवस्था जीर्ण रहेकाले पिके टाप्टिङ समाज सेवा संस्थाको नेतृत्वमा मर्मत गरिने वडा अध्यक्ष होम बहादुर मगरले जानकारी दिनुभयो ।
स्थानियहरुको प्रत्यक्ष सहभागिता तथा सोल्ुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङसँग समन्वय गरि जीर्णोद्धार मानेको आवश्यक मर्मत, सम्भार र संरक्षणको कार्य गर्न लागिएको वडा अध्यक्ष मगरको भनाई छ ।
मर्मत कार्यप्रति कसैको दावि विरोध साथै गुनासो भएमा ३५ दिनभित्र कारण सहित संस्थामा वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नका लागि वडा कार्यालय र पिके टाप्टिङ समाज सेवा संस्थाले आह्वान समेत गरेको छ ।