नेपाल गितार ट्युटोरियल ,संगीत पाठशाला र पेपरबक्सको संयुक्त आयोजना र EDUQUEST NEPAL ,WAKAW VISUALS ,MIM AUSTRALIAको सहयोगमा भइरहेको नेपालको पहिलो भर्चुअल ब्याण्ड प्रतियोगितामा जापानमा रहेको THE WE (हामी) ब्याण्ड टप २०को दोस्रोमा पर्न ‌सफल भएको छ ।

नेपालमा भर्चुअल ब्याण्ड प्रतियोगिता हुदै , जापान रहेको THE WE (हामी )ब्याण्ड टप २० को दोस्रोमा पर्न ‌सफल

जापानमा नेपाली समुदायमाझ निकै चर्चा कमाउन सफल ब्याण्डको रुपमा परिचित THE WE (हामी) ब्याण्डका भोकालिष्ट नमराज देवान, गितारिष्ट द्वय निमेश राइ र सोजुन इचिमुरा ,बासिस्ट अनिकीत महर्जन र ड्रमर प्रशान्त बलामी अहिले जापानको ब्यस्त दैनिकीसंगै कडा मिहेनतका साथ उपाधि हात पार्न दिनँहु अभ्यासमा ब्यस्त रहेका छन ।

प्रतियोगितामा सहभागी THE WE (हामी) ब्याण्डलाइ जापानस्थित भिन्तुना डाइनिङ तथा नेपाली रेष्टुरेन्टले सहयोग गर्दै आइरहेको THE WE (हामी) ब्याण्डका गितारिष्ट निमेश राइले जानकारी दिनुभयो ।

हरेक हप्ताको शनिवार नेपाल गितार ट्युटोरियलको आधिकारिक युट्युव च्यानलबाट स्थानिय जापानी समय अनुसार साँझ ४ बजे लाइभ हेर्न सकिने भएकोले जापानमा रहनुभएका नेपाली समुदायले प्रतियोगिता हेरेर हौसला अनि सहयोग गर्न THE WE( हामी) ब्याण्डका भोकालिष्ट नमराज देवानले अनुरोध गर्नुभएको छ ।

नेपालको इतिहाँसमै सम्भवत पहिलो पटक आयोजित भर्चुअल ब्याण्ड प्रतियोगितामा यसबर्षको जनवरी महिनाबाट सुरुवात भएको थियो । प्रतियोगितामा नेपाल ,भारत ,जापान ,हङकङ ,अष्ट्रेलिया लगायत गरी जम्मा ७३ वटा ब्याण्ड सहभागिता भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय