सोलुखुम्बुमा एक नवजात शिशुको बेवारिसे शव भेटियो

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८ देउसा बुढीडाँडामा नवजात शिशुको शव फेला परेको छ । देउसा स्थित बुढिडाँडाको बाँसघारीमा आइतबार बेवारिसे अवस्थामा नवजात शिशु(छोरा)को शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

करिब दुई/तीन दिन अघि जन्माएर छोडेको जस्तो देखिने उक्त शव आइतबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले शवको कानुनी प्रकृया पुरा गरि पोष्ट मार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

प्रहरीले सोधपुछ गर्दा आसपासमा त्यस्ता व्यक्ति कोही पनि पत्ता नलागेकाले टाढैबाट ल्याएर छोडेको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपी घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

 ः फायल फोटो

Soruce:soluFM

प्रकाशित मिति १८ पुष २०७८, आईतवार १६:१८

सम्बन्धित समाचारहरु