काठमाडौं – नेपाल माउन्टेन लिडर एसोसिएसनका अध्यक्ष दावा टसी शेर्पा र उनको टोलीले नेपालका माउन्टेन लिडरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै नेपालको पर्वतारोहण तथा पदयात्रा क्षेत्रलाई विश्वसामु चिनाउने महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। आध्याक्ष दावा टसी शेर्पाका अनुसार नेपाल पर्वतारोहण संघले विभिन्न चरणमा सन्चालन गर्दै आईरहेको माउन्टेन लिडर तालिमलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउनको लागि नेपाल नेपाल पर्वतिय लिडर संघले सन. 2016 मा Union of International Mountain Leader Associations (UIMLA) मा सदस्यतको लागि निवेदन पेस गरेपछि Union of International Mountain Leader Associations को वर्षिक सदहरण सभाले 2017 मा नेपाललाई Candidate सदस्यत घोषणा गरी थप कार्य आगडी बडाउन 2019 मा Union of International Mountain Leader Associations को वर्षिक सदहरण सभा यूरोपको रोमेनियमा तालिम संबन्धी प्रस्तुतिको लागि निमन्त्रण दिए लगत्तै नेपाल पर्वतिय लिडर संघका अध्यक्ष केशर श्रेष्ठ र संघका महासचिव दावा टसी शेर्पाले उक्त सदहरण सभामा नेपालको तालिम सम्बन्धि प्रस्तुति दिएर 2019 मा Union of International Mountain Leader Associations को वर्षिक सदहरण सभाले नेपाललाई Aspirant सदस्य प्रदान गरेको थियो ।

Union of International Mountain Leader Associations को नियम अनुसार Aspirant सदस्य लिइसकेको देशहरूले तालिमको स्तर मुल्ङकनका गर्न तालिम सञ्चालनको दौरानमा फरक फरक देशबाट Union of International Mountain Leader Associations को प्रतिनिधि बोलाई तालिमको स्तर निर्धारण गरेपछि मात्र उक्त संस्थाको Full Members प्राप्त हुन्छ।

नेपाल पर्वतारोहण संघले सन्चालन गरेको तालिमलाई विभिन्न चरणमा गरेको मूल्याङ्कन प्रतिवेदन र आध्याक्ष दावा टसी शेर्पाले दिएको प्रस्तुतिलाई एकमुस्ट मुल्ङकन गरि Union of International Mountain Leader Associations को सदहरण सभा यूरोपको मेसोडोनियमा Nov 2 मा यूरोपको 25 देशबाट भोट दिई बहुमत द्वार नेपाललाई Full Members countries घोषित गरेको हो

शेर्पाका अनुसार, “यस मान्यताले नेपालका पदयात्रा र पर्वतारोहण गतिविधिलाई विश्वसनीय, सुरक्षित र व्यावसायिक बनाउने दिशामा ठोस प्रभाव पार्नेछ। यसले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश पुर्याउँछ र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अझ उजिल्याउने छ।”

उक्त उपलब्धिले नेपालमा पदयात्रा र पर्वतारोहण गर्न चाहने विदेशी पर्यटकलाई थप उत्साहित गराउनुका साथै पर्यटन उद्योगलाई थप सबल बनाउने विश्वास गरिएको छ। दावा टसी शेर्पाको नेतृत्वमा, नेपालका माउन्टेन लिडरहरूले साहसी यात्रुहरूको लागि सुरक्षित र जीवन्त अनुभव सुनिश्चित गर्दै नेपालको पर्यटनलाई विश्वमै छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

यसले नेपालको अर्थतन्त्र र स्थानीय रोजगारमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ, किनभने सुरक्षित र व्यवस्थित पर्वतारोहण गतिविधिले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याउँछ।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय