२४ अक्टुबर उर्गेन शेर्पा डे मनाउने घोषणा

न्युयोर्क , अमेरिकाको न्युयोर्क शहरमा अक्टुबर २४ तारिखका दिन ” उर्गेन शेर्पा डे ” मनाउने घोषणा गरिएको छ। अमेरिकाको प्रतिनिधी शभा सदस्य माननीय ग्रेस मेङ्गले उक्त कुराको घोषणा गर्नुभएको हो ।
न्युयोर्कको निर्बाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधी शभामा निर्बाचित माननीय साँसद ग्रेस मेङ्गले आफ्नो निर्बाचन क्षेत्रका नागरिकहरुलाई कोरोना महामारीका बेला महत्वपूर्ण सहयोग गरेकाले नेपाली मुलका उर्गेन शेर्पालाई उतm टाइटल सतिह सम्मान गरेको हो । अमेरिकी सरकारको तर्फबाट उर्गेन शेर्पा डे घोषणाको औपचारिक जानाकारी प्रोक्ल्यामेसन उर्गेन शेर्पालाई हस्तान्तरण गरेको छ । सोलुखुम्बु लोदिङका उर्गेन शेर्पा शेर्पा किदुग अमेरिकको निवर्तमान अध्यक्ष हुन । शेर्पाले शेर्पा किन्दुग अमेरिकाको अध्यक्ष पदमा रहेर गत बर्ष कोरोनाको महामारीमा ज्यानको बाजी लगाएर, सेवामा सक्रिय भएका थिए ।
न्युयोर्कको स्थानीय मेयरको कार्यालयसंगको सहकार्यमा सिटी काउन्सिलर र फुड जार, ग्रो एनवाईसी नामक संस्थाहरुको सहयोगमा उर्गेन शेर्पाले नेपालीहरुलाई सहयोग गरेका थिए ।

प्रकाशित मिति ८ भाद्र २०७८, मंगलवार २२:०८

सम्बन्धित समाचारहरु