हेलिकोप्टर दुर्घटनामा दिवगंत यति एयरलाइन्स कम्पनीका प्रबन्ध निर्देशक आङ्ग छिरिङ्ग शेर्पाको सम्मानमा यति एयरलाइन्स र उसको सहायक कम्पनी तारा एयरले शुत्रबारका सबै उडान स्थगित गरिएको छ ।

प्रभावशाली पर्यटन उद्यमी शेर्पाको निधनको शोकमा उडान स्थगित गर्दा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ ।

यति र तारा एयरले काठमाडौंबाट भरतपुर, भैरहवा, नेपालगञ्ज, जनकपुर, सिमकोट, रारा, जुम्ला, डोल्पा, बाजुरा, साँफेबगर, सुर्खेत, चौरजहारी, रुकुम, जोमसोम, मनाङ, पोखरा, लुक्ला, फाप्लु, ताप्लेजुङ, रामेछाप, भोजपुर र तुम्लिङटारमा दैनिक उडान भर्दै आएका छन् ।

 

 

 

 

 

 

श्रोत अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय