सुबास दर्नाल,असोज ५

सोलुखुम्बु : बागबानी केन्द्र फाप्लु सोलुखुम्बुमा स्कृन हाउस निर्माणका लागी खुलाएको अनुदानका लागी राजनितिक दलका नेताहरु बागबानी केन्द्र धाउन थालेका छन् । १० लाख रुपैयाको फलफुलका विरुवा उत्पपादन गर्ने बातावरण अनुकुलित नर्सरी घर निर्माणका लागी जिल्लाका ५ जना कृषकलाई अनुदान दिईने भएको हो । अनुदान आफ्नो पक्षमा पार्न जिल्लाका नाम चलेका नेताहरुले समेत आफ्नै वा श्रीमतीको नाम राखेर आबेदन सहित बागबानी केन्द्र धाउने गरेको श्रोतले जनाएको छ । उनीहरुले आफुहरुलाई आबेदन पार्न समेत दबाब दिने गरेको श्रोतले दाबी गरेको छ ।

आर्थिक अवस्था कम्जोर भएका कृषकहरुलाई लक्षित गरी प्रदान गरिने अनुदानमा राजनितिक दलका नेताहरु नै बढि केन्द्रित हुदा बास्तविक कृषक भने मर्कोमा पर्न सक्ने भन्दै कृषकहरुले चिन्ता ब्यक्त गरेका छन् । आबेदन लिएर बागबानी पुग्ने नेताहरुमा नेकपा देखि नेपाली काङ्ग्रेसका जिल्ला तहका नाम चलेका नेताहरु समेत रहेको श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय