बरिष्ठ गीतकार बुद्धबीर लामाको गीतीमय साझको अवसरमा विभिन्न क्षेत्रमा टेवा पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
नेपाली कला संगीतमा क्षेत्रमा बहुमुल्य योगदान पुर्याउनु भएका रास्टृय कलाकारहरुलाई सम्मान गर्ने क्रममा दार्जिलिङमा रहेर नेपाली संगीतलाई योगदान पुर्याउनु हुने संगीत संयोजक ईजाज अलि, संगीतकर्मी किरण मोक्तान, वरिष्ठ गायक मधुकर लोहनी, गायक पुजन लोहागन र गायिका अनुपमा प्रधान सम्मानित भएका छन ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिवार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री झलनाथ खनाल रहनु भएको थियो ।