काठमाडौँ, कार्तिक १९ । नेपालीहरुको महान् पर्व दिपावलीको आजबाट सुरु भएको छ । दिपवालीको पहिलो दिन कागको पुजा गरी मनाइदै छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनसम्म मनाइने तिहार यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।
यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहारका दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ ।
श्रोत न्युज अप नेपाल