दक्षिण काेरिया । नेपाली संघीय समाज, दक्षिण कोरियाको तेस्राे महाधिवशेन आगामी फेब्रुअरी ५ मा हुने भएकाे छ । कोरियाको नयाँ वर्ष सलनाल बिदाको अवसर पारेर नेफेसो काेरियाले तेस्रो महाअधिवेशन गर्न लागेको अध्यक्ष महिन्द्र राई बताए । नेफेसाे कोरियाले राजधानी सौलस्थित दोंग्देमुनको थाई होटेलमा बसेको बैठकले आगामी फेब्रुअरी ५ मा महाअधिवेशन आयोजना गर्ने निर्णय गरेको हाे ।

नेफेसाे दक्षिण कोरियाले तेस्रो महाअधिवेशन सफल बनाउन पार्टीका सल्लाकार चित्रबहादुर माेक्तानको संयोजकत्वमा बिभिन्न बिभाग गठन गरि हाल व्यवस्थापन निम्ति पार्टीका संरक्षक अमृत राई, पत्राचार लगायत अन्तरिक तयारीको निम्ति महासचिब दावा रिन्जिन शेर्पा, स्वम् सेवक परिचलानको लागि उपध्यक्ष दर्पण गुरुङ, कार्यक्रममा आमन्त्रित अथिति व्यवस्थापन गर्न पार्टी सल्लाकार टिका राई, रामकुमार यादव, आर्थिक व्यवश्थापन गर्न कोषाध्यक्ष बिकास योन्जन, हाङ्ग गिम छा, निर्वाचन मण्डल संयोजकमा अमृत राई, सांस्कृतिक बिभागमा उतम खजुमलगायत कार्यक्रम प्रचार गर्न सूचना तथा संचार बिभागमा शेर साङबो शेर्पालाई जिम्मेवारी बाँडफाँट गरेको हाे ।

नेपाली संघीय समाज दक्षिण कोरियाको केन्द्रिय महाअधिवेशन हुनु अगाबै कोरियामा रहेका नेफेसो क्षेत्रीय पार्टीहरुको अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय समेत भएको अध्यक्ष महेन्द्र राईले बताए ।

-sarbajanik khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय