नेपाल बुद्ध धर्म सेवा समाज, हिमाली शेर्पा समाज, सृजनशील आमा समुहले संयुक्त रुपमा आयोजना गरेको ७ दिने बज्रगुरु जप पुजा स्वयम्बुमा सम्पन्न भएको छ । चैत्र २ बाट धर्म गुरु कुङ्गा रिन्पोचेको प्रमुख अतिथ्यमा पुजा आरम्भ भएको थियो ।
पुजा समापनको अन्तिम दिन विश्व मौसम दिवस परेकाले विश्व शान्तिको कामना सहित स्वयम्बु परिक्रमासगै जनचेतनाको लागि सरसफाइ कार्यक्रम गरि पुजा समापन गरिएको आयोजक हिमाली शेर्पा समाजका अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रक अमिताभ माउन्टेन (सेतो गुम्बा) स्वयम्बुका आनी (विक्षुनी)हरुको सकृयतामा स्वयम्बु सरसफाइ गरिएको जानकारी दिनुभयो ।
परिक्रमासगैँ सरसफाइ कार्यक्रममा राजनितिक दलका सदस्यहरु, विभिन्न संघसस्थाका प्रतिनिधि लगायत मनाङ समाजको सकृय सहभागीता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh