शिक्षक सेवा आयोगले पहिलोपटक अनलाइन मार्फत अध्यापन अनुमति पत्रको विज्ञापन दरखास्त लिने तयारी गरेको थियो । आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी ३ वटै तहको अध्यापन अनुमति पत्रको विज्ञापन एकैपटक खोल्ने तयारी गरेसंगै अनलाइन मार्फत दरखास्त दिने प्रणालीको सुरुवात गर्ने बताएको थियो
।
आयोगका प्रवक्ताका अनुसार आयोगको वेभसाइट www.tsc.gov.np मा अनलाइन फारम राखिएको छ । सो फारममा गइ आफ्नो व्यक्तिगत खाता खोलेर आफ्नो व्यक्तिगत विवरण हरु हाल्न मिल्ने गरि विज्ञापन आव्हान गरे पछि इन्टरनेट राम्रो सुविधा नबएको कतिपय गाउँमा इन्टरनेट भएको ठाउँ अथवा साईबरहरुमा फारम भर्नेको लाईन लागेको तर आयोगका सइटमा समस्या आएपछि अध्यापन अनुमती पत्र लिन चाहानेहरुको फारम छुट्न सक्ने चिन्तामा परेको छ ।
शिक्षक सेवा आयोगको अध्यापन अनुमती पत्रको अनलाईन फारममा भर्ने आन्तिम मिति भने यही असर २२ गते सम्म मात्र रहेको छ ।