सउल नेपाल गुम्बा दक्षिण कोरियाले गत वर्ष झै यो बर्ष पनि २१४६ औं ग्याल्पो ल्होसारमा ल्होसार ल्हाब्सोल कार्यक्रम गरी मनाएको छ । आइतबार गु र्याङ्सा गुम्बामा बिहान पूजापाठ र दिउँसो औपचारिक कार्यक्रमको साथमा सांस्कृतिक कार्यक्रम गरी मनाएको हो ।
कार्यक्रममा कोरियन बौद्ध धर्म जोग्ये ओडर गुर्योङ्सा टेम्पल प्रमुख लामा जोङ उ सुनिम प्रमुख अतिथि थियो । कार्यक्रममा अन्य अतिथिहरु एनआरएनए अध्यक्ष लक्ष्मी लामा, एनसीसी अध्यक्ष अन्जु केसी, नेपाल आदिवासी जनजाति महासंघ कोरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकाली, नेपाल तामाङ संघ कोरियाका अध्यक्ष मेघप्रसाद वाइबा तामाङ लगायतका उपस्थिति थियो ।
कार्यक्रममा मनिराज तामाङ, कला ग्लानले नृत्य र सोनाम दोङ्बा ह्योल्मोले गायन प्रस्तुति राखेको थियो । कार्यक्रमको अन्त्यमा डम्फूरे गीतमा डम्फू बजाउँदै नाचेका थिए । कार्यक्रमको संयोजक सउल नेपाल गुम्बाका प्रमुख लामा थियो भने सभापतित्व सउल नेपाल गुम्बा ब्यबस्थापन समितिका अध्यक्ष दूध लामा लोप्चनले गरेका थिए ।