सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टिङमा २ विदेशी नागरिक सहित ८ जना नेपालीहरुलाई वोङ्छु मेमोरियल हस्पिटलको क्वारेन्टाइनमा राखिएको छ।
दुईजना बिदेशी नागरिक गत फागुन २४ गते काठमाडौमा आएर सोलुखुम्बुको जन्तर ढाप हुँदै पिके,जुन्बेसी दुधकुण्ड टाक्सिन्दु खरिखोला हुँदै नाम्चे सम्म पुगेर पुन पिके हुँदै बैशाख ८ गते दिमिल आईपुगेका उनिहरुलाई बैशाख ९ गते बिहान देखि क्वारेन्टाइनमा राखीएको छ।
ट्रेकिङको सिलसिलामा सोलुखुम्बु मा आएका अमेरिका क्यालिफोनियाका महिला र पुरुष दुबै ७२ बर्षका रहेका छन। भने ७ जना नेपालीहरु सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं १० रहेका छन र १ जना ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपाकिका वडा नं ५ का रहेको छन। उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कुरा टाप्टिङ स्वास्थ्य चौकीका इन्चार्ज असल तामाङले जानकारी दिनुभयो ।
सोलुदुधकुण्ड नगरपालिका वडा नं १० स्थित खाम्दिङमा स्थापना गरेको ५० बेडको क्वारेन्टाइनको केहि समय पहिले मात्र मेयर नाम्गेल जङबु शेर्पाले अनुगमन गर्दै
प्रदेश न एककै उत्कृष्ट र सुविधा सम्पन्न नमुना क्वारेन्टाइन रहेको र नेपाल सरकारले तोकेको मापदण्ड भन्दा अझ राम्रो र गुणस्तरको भएको बताएको थियो।
क्वारेन्टाइनमा आवश्यक स्वस्थ्या सामग्री स्थनीय ट्रेकिंग ब्यवसायी मिङ्मार शेर्पाले उपलब्ध गरि सहयोग गर्नु भएकोले अनुगमनको क्रममा मेयर शेर्पाले महत्वपुर्ण सहयोगको लागि धन्यवाद समेत दिनु भएको थियो।