काठमाडौं, कार्तिक २६ । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । गाईको गोबरले घर लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर दिनभरी ब्रतालु निराहार व्रत बस्ने गर्छन् बेलुकी राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन्।
पुजामा नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यतिवटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ। यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा मूला, पान र सुपारी आदि राखिन्छन्।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ।
छठको मुख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चौथो अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अघ्र्य दिई छठ सम्पन्न गर्ने गरिन्छ ।
 
				 
										 
										 
												 
												 
												 
												 
												 
												 
											 
											 
											 
											 
											 
								 
								 
								 
								