शेर्पा सञ्चार समूह नेपालले ट्रेकिङ पेशामा आवद्ध युवाहरुलाई लक्षित गरी ६ दिने ट्रेकिङ फोटोग्राफी तालिम दिइएको छ । ट्रेकिङमा आएका आफ्नो क्लाइन्टको फोटो खिचि दिने मात्र नभई भ्रमण गरेको ठाउँको महत्व र सुन्दरतालाई पनि फोटो मार्फत प्रस्तुत गर्न सक्ने बनाउन यो तालिम सञ्चालन गरेको आयोजकले जनाएको छ । त्यति मात्र होइन ट्रेकिङ र हिमाल आरोहण पेशामा आवद्ध व्यक्तिहरुले कुनै पनि ठाउँको महत्व मात्र नभइ त्यस ठाउ“मा भइरहेको बद्लि“दो अवस्थालाई पनि फोटो मार्फत प्रस्तुत गर्न सके त्यसले मुलुकको हितमा मात्र नभई पर्यटन विकास समेत मद्धत पुग्ने आशा गरिएको छ ।
कुनै पनि सञ्चार माध्यम पुग्न नसक्ने विश्वको अग्लो स्थान सगरमाथामा आरोहिहरु वर्षेनी जान्छन त्यसैले उहाँहरुलाई फोटोका महत्व र शतिm बुझाउन सके सामाजिक सञ्चालमा सिमित फोटोहरु भोलिका दिनमा विशेषगरी अनलाइन पोर्टल मार्फत विश्वमा पु¥याउन सक्छ त्यसैले पनि यो तालिम आरोहि र ट्रेकिङ पेशामा लागेकाहरुलाई प्रदान गरेको शेर्पा सञ्चार समूह नेपालका अध्यक्ष निम्लेकी शेर्पाले जानकारी दिनुभयो । जलवायु परिवर्तनका कारण नेपालको हिमालहरु पग्लि रहेका छन, हिमतालहरुमा प्रत्येक दिन परविर्तन आइरहेको छ । यसमा नेपालका सञ्चार माध्यमहरुले कम अनुसन्धान गरी रहेका छन यस्तो अवस्थामा उहा“हरुलाई फोटो मार्फत यो विषयहरु समेटि दिएमा सबैलाई सचेत गराउन मद्धत पुग्ने उहा“को भनाइ छ । विभिन्न जिल्लाका छानिएका १५ जना विद्यार्थी आरोहि र ट्रेकरहरुले तालिममा सहभागिता जनाएका थिए । तालिम नेपाल कै पहिलो फोटो ग्राफर राज भाइ सुवालले दिइएको थियो । यस पछि तालिममा सहभागी विद्यार्थीहरुले खिचेको तस्बिरको प्रदर्शनी र प्रतियोगिता समेत गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025 Himali sandesh