काठमाडौँ–बनावटी सम्पन्नता देखाएर युवतीहरु फसाउने र शारीरिक एवं आर्थिक शोषण गर्ने दुई युवा पक्राउ परेका छन्।

ति युवाले दर्जनौं युवतीहरूलाई विभिन्न प्रलोभन देखाएर आफू सम्पन्न तथा सम्मानित ब्यक्ति भएको भ्रममा पारी विवाह गर्ने तथा बैदेशिक रोजगारमा समेत पठाउँछु भनि आर्थिक तथा शारीरिक शोषण गर्ने गरेका थिए। उनीहरुले युवतीको मोवाइल सीम प्रयोग गरी ठगी समेत गर्ने गरेका थिए।

पक्राउ पर्नेहरुमा काठमाडौँ सितापाइला बस्ने झापा, सनीअर्जुन–१ का ३७ बर्षीय अभिषेक के.सी. भन्ने नेत्रप्रसाद गिरी र सितापाइला बस्ने पाँचथर, फलैचा–४ का ३५ बर्षीय रविन के.सी. भन्ने रविनकुमार चिमरिया रहेका छन्।

उनीहरुले ठगी गरे पश्चात पीडित ब्यक्तिहरुसँग सम्पर्कबिहिन भई ठगी गर्दै हिडेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले पुस ८ गते बालाजुबाट पक्राउ गरेको थियो। उनीहरु बिरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ठगी मुद्दा अन्तर्गत म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय