सोलुखुम्बु : सोलुखुम्बुमा सडक मार्ग हुदै काठमाण्डौ लगायतका ठाउँबाट भित्रिने यात्रुको विषयमा समन्वयको अभाव देखिएको छ । कोरोना संक्रमणको ईपिसेन्टर मानिएको काठमाण्डौबाट जिल्ला भित्रिने यात्रुको सवालमा जिल्लाका प्रहरी, प्रसाशन देखि स्थानीय सरकार समेत बेखर देखिएको हो ।
काठमाण्डौबाट जिल्लाका लागी पास उपलब्ध गराउँदा जिल्लाका प्रहरी, प्रसाशन कसैलाई जानकारी नगराउदा समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले बताउँनुभयो । शनिबार मात्रै दुवईबाट फर्किएका सोलुदुधकुण्ड नगरपालिकाका एक पुरुष र काठमाण्डौबाट आएका महाकुलुङ गाउँपालिकाका १ जना जिल्ला भित्रिएका छन् । तर प्रहरी, प्रसाशनलाई पुर्व जानकारी नहुँदा उनीहरुको ब्यवस्थापनमा चुनौती खडा भएको सहायक प्रजिअ शाहीको भनाई छ ।
बैदेशिक रोजगारबाट फर्किएका ब्याक्तिहरु विना जानकारी जिल्ला प्रबेश गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी टेकुनन्द ईवा लिम्बुले बताउँनुभयो । सडक मार्ग हुदै भित्रिएका उनीहरुलाई पत्ताले प्रहरी चौकीले नियन्त्रणमा लिएर क्वारेन्टिनमा ब्यवस्थापन गर्ने गरेको छ । तर समन्य नहुदा को कहाँबाट जिल्लामा भित्रिदै छ भन्ने बारे आफुहरु अनविज्ञ हुने गरेको डिएसपी लिम्बुको भनाई छ ।
यसरी बिना जानकारी नागरिक जिल्ला भित्रदा कोरोनाको जोखीम उच्च हुने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । पत्तालेमा समेत २४ सैं घण्टा कर्मचारी बसेर चेकजाँच गर्न नसक्दा राती आएका नागरिक सिधै घर सम्म पुग्ने गरेको पाईएको छ ।