पोर्तुगलमा बसोबास गरिरहेका शेर्पा समुदायको साझा सस्था शेर्पा किदुग पोर्तुगलले बिगतका बर्षहरुझैं यस बर्षको लोसार ल्हप्सो पुजा आयोजना गर्ने भएको छ ।
ग्याल्बो लोसार च्याग-फो, चिवा-लो २१४७ को अवसरमा किदुगले अल्कासेर दो सालमा अवस्थित ‘थुप्तेन फुन्छोक गेफेलिङ’ गुम्बामा लोसार ल्हाप्सो पुजाको आयोजना २६ फेब्रुवरी २०२० मा गर्ने भएको छ । पोर्तुगलको राजधानी लिस्बोनबाट करीब १ सय २० किलोमिटरको दुरीमा रहेको कार्यक्रम स्थल सम्मा जाने र फर्किने बसको ब्यबस्था समेत रहेको जनाएको छ।
किदुगले आफ्नो अदिकारिक फेसबुक बाट सूचन जारी गर्दै पोर्तुगलबासी सम्पूर्ण लोसारप्रेमी महानुभावहरुलाई यस धार्मिक कार्यक्रममा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध समेत गरेको छ।