जलवायु परिवर्तन पृथ्वीको तापक्रम‚ जलवृष्टि‚ हावाहुरी‚ र अन्य जलवायु प्रणालीहरूमा हुने दीर्घकालीन असामान्य परिवर्तनलाई जनाउँछ। यसका मुख्य कारण मानवीय गतिविधिहरू हुन्‚ जसले हरितगृह ग्यासहरूको ९जस्तै‚ कार्बन डाइअक्साइड‚ मिथेन‚ र नाइट्रस अक्साइड० उत्सर्जन वृद्धि गराउँदै पृथ्वीको तापक्रम असामान्य रूपमा बढाएको छ।

जलवायु परिवर्तन ‚दूरगामी एउटा विश्वव्यापी समस्या हो । बढ्दो जनसंख्या‚ सहरिकरण‚ औधोगिकरण‚कृषि‚ भुमिको उच्चतम प्रयोग‚ वनजंगल विनाश‚ डढेलो र जिवाश्मा ईन्दनहरुको प्रयोगले गर्दा विश्वव्यापी तापक्रम दिनानु दिन बढिरहेको छ । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको सबैभन्दा बढी देखिने प्रभाव भनेको द्रुतरुपले हिऊँ पग्लिरहेको छ । बढ्दो तापक्रमले हिमपहिरो गईरहेको छ । त्यसैले बदलिँदो मौसमी ढाँचा र हिमनदीहरू पग्लनुले हाम्रो जीवन र वातावरणमा गम्भीर असर पर्दै गएको देखिन्छ ।

नेपाल देश पर्यटकिय गन्तव्यको रुपमा‚ जलवायु परिवर्तनको प्रभसवलाई गहिरो रुपमा महशुस गर्दैछ। नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तनको गहिरो असरको साक्षी बनेको छ। यसले यहाँका वातावरणीय‚ आर्थिक‚ र सामाजिक पक्षहरूमा गम्भीर प्रभाव पारेको छ। जहाँ वर्षमा लाखौ पर्यटकहरु यहाँका हिमालहरु चढ्न र वरपरको वातावरण अवलोकन गर्न आईरहेको हुन्छन् । यसरी हिउँ पग्लानु‚ हिम पहिरो गई राख्नाले पयर्टन क्षेत्र कमजोर बन्दै गएको देखिन्छ । र देशको अर्थतन्त्रमा समेत ठुलो असर पर्ने सम्भावना धेरै देखिन्छ। पहिले‚ पग्लिरहेको हिउँ‚हिमनदीहरू विचार गरौं। हिमालयन ग्लेशियरहरू‚ प्रायः ूएशियाको पानी टावरहरूू भनेर चिनिन्छ‚ नेपाल र वरपरका क्षेत्रहरूमा लाखौं मानिसहरूलाई ताजा पानीको स्थिर आपूर्ति प्रदान गरिरहेको हामीले देख्न सक्छौ । बढ्दो तापक्रमका कारण यी हिमनदीहरू पग्लन थालेपछि हाम्रो क्षेत्रमा पानीको आपूर्ति कम हुदै गएको छ । जसले गर्दा पानीको अभाव हुने खतरा बढेको छ ।

कृषि उत्पादनको कमीले खाद्यान्न असुरक्षा र आर्थिक अस्थिरता निम्त्याउन सक्छ। यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा परेको छ‚ किनकि हाम्रा धेरै किसानहरू सिँचाइका लागि यी पानीका स्रोतहरूमा निर्भर छन्। सिँचाइका लागि आवश्यक पानीको अभावले कृषिमा उत्पादन घटाएको छ । कृषि‚ पर्यटन र जलविद्युत अर्थतन्त्रका प्रमुख क्षेत्र हुन्‚ ती सबै जलवायु(संवेदनशील कुरामा अत्यधिक निर्भर छ । उदाहरणका लागि‚ हिमनदी पग्लने र वर्षातको ढाँचामा परिवर्तनका कारण नदीहरूमा पानी बढ्दो छ । हिमाली क्षेत्रमा तापक्रम र वर्षाको ढाँचामा हुने परिवर्तनले जैविक विविधतामा थप प्रभाव पारेको देखिन्छ । बदलिँदो तापक्रमले वनस्पति र जीवजन्तुको अस्तित्व खतरामा पारेको छ भने ‚धेरै अनौठो र लोपोन्मुख प्रजातिहरूले हिमाललाई घर बनाएर बसेको हुन्छ । हिउँ चितुवा ‚ रेड पाण्डा ‚ हिम भालु ‚त्यहाँका पशुपंक्षी ती सबैले आफ्नो प्राकृतिक बासस्थान गुमाउने निकै जोखिममा छ ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न अनुकूलन र न्यूनीकरण दुवै रणनीतिमा केन्द्रित हुनु आवश्यक छ । विभिन्न मौसमी घटनाहरूको सामना गर्न पूर्वाधार निर्माण‚ दिगो कृषि अभ्यासहरू प्रवर्द्धन गर्नुपर्दछ । समुदायमा आधारित विवध पहलहरू कदमिहरु‚ जस्तै वृक्षारोपण र पुनरुत्थान परियोजनाहरू अघि सार्नुपर्दछ ।जसले वायुमण्डलवाट कार्वन हटाउन र हरितगृह ग्यास घटाउन मदत गर्दाछ। नेपालले जीवाश्म इन्धनमा निर्भरता घटाउन जलविद्युत र सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जा क्षमता बढाउने कदम चाल्नु पर्दछ ।

निष्कर्षमा भन्नुपर्दा‚ सरकार‚ स्थानीय सरकार ‚समुदाय र अन्तर्राष्ट्रिय समुदायले यस्तो समस्यालाई सम्बोधन गर्न एकजुट भएर लाग्नु आवश्यक छ। दुबै अनुकूलन र न्यूनीकरण रणनीतिहरू लागू गरेर‚ हामी हिमालयको कमजोर पारिस्थितिकी प्रणालीको रक्षा गर्न र यस क्षेत्रलाई घर भनी बोल्ने मानिसहरूको लागि दिगो भविष्य सुनिश्चित गर्न मद्दत गर्नपर्दछ। जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रका लागि ठूलो खतरा निम्त्याएको छ। हामीले यसको प्रभावलाई न्यूनीकरण तत्काल र प्रतिबद्धताका साथ अघि बढ्ने कार्यक्रमहरु तर्जुमा गरिनुपर्छ। हाम्रा आजका कार्यहरूले भावी पुस्ताहरूका लागि सुनौलो जीवनको गुणस्तर‚ हाम्रो वातावरणको स्वास्थ्य‚ र हाम्रो संस्कृति र परम्पराहरूको अस्तित्व संरक्षण र संवर्धन गर्नका निमित्त ठुलो भुमिका निर्वाह गर्न सक्दछ । आउनुहोस् हामी एक समुदायको रूपमा‚ एक राष्ट्रको रूपमा र विश्वव्यापी समाजको रूपमा यस अस्तित्वको चुनौतीको सामना गर्न एकजुट होऔं।
धन्यवाद ।

ल्हाक्पा गेलु शेर्पा
थुलुङदुधकोशी-९‚सोलुखुम्बु।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय