–निनाम लोवात्ती, आजभोलि विश्वका धेरै देशका सरकार र जनतामा राष्ट्रवाद सवार भएको छ । त्यसमा पनि खास गरेर विभिन्न देशका राजनीतिक दल तिनका नेताहरुले राष्ट्रवादको नारालाई सत्तामा पुग्ने भर्याङ बनाउने गरेको देखिन्छ । उनीहरुले राष्ट्रवादको नारा दिएर निर्वाचन जितेर सत्तामा पुग्ने गरेको समेत देखिन्छ । हुन पनि इतिहास हेर्दा जुनजुन देश विदेशीको शासन सत्ताको जाँतोमुनी पिल्सिएका थिए, ऊ वेलाका शासकहरुले आफ्नो भाषा र आफ्नो शासक अथवा प्रसिद्ध व्यक्ति वा धार्मिक नामहरु राखेको थिए, ती नामहरु अहिले आएर विदेशीले आफ्नो भाषा, आफ्नो देशका प्रसिद्ध व्यक्तिहरु, धार्मिक आदि नाममा राखेका स्थान नाम, हिमालको नाम, खोलानालाको नाम, सहरबजार आदिको नाम हटाएर, मेटेर अथवा भनौं विस्थापित गरेर सम्बधिन्त देशकै राष्ट्रको भाषा, प्रसिद्ध व्यक्ति, धार्मिक नेता आदिको नाम राख्न थालेका छन् । यसमा भारत अगाडि रहेको छ । त्यस्तै गरेर ‘टर्की’ भनी चिनिने देशले केही समयअघि आफ्नो देशको नयाँ नाम ‘तुर्किएँ’, ‘तुर्किए’ भनी राखेको छ । सो सम्बन्धमा टर्कीका अधिकारीहरुले आधिकारिक रुपमा संयुक्त राष्ट्र संघमा जनाउ दिई सकेका छन् ।

त्यस्तै छिमेकी देश भारतको कुरो गर्दा ‘पश्चिम बंगाल’को राजधानी ‘कोलकाता’को नाम विगतमा ‘कलकत्ता’, भनी पुकारिन्थ्यो । त्यस्तै ‘चेन्नई’को नाम मद्रास’ र महाराष्ट्रको राजधानी मुम्बई’को नाम ‘बम्बई’ रहेको थियो । त्यस्तै गरेर दक्षिपूर्वी एसियाली देश ‘म्याँमार–म्यानमार’लाई बर्मा’ अनि ‘म्यान–म्याँमार’को राजधानीको नाम ‘याँगनु–यांगुन’लाई ‘रंगुन’ बनायो । स्मरणीय छ, म्यामारले पछिल्लो पटक ‘यांगुन’लाई विस्थापित गरेर नयाँ राजधानी ‘न्यापिडी–न्यापिडीए’ भन्ने नयाँ सहरमा स्थापित गरेको छ । यसरी विगतमा विश्वका अधिकांस देशले आप्mना देशमा रहेका विदेशी भाषा र विदेशी व्यक्तिका नाममा रहेका हिमाल, सहर, बजारहरु जुनजुनको नामजुनजुन साम्राज्यवादी देशहरुले आफ्नो साम्राज्य चलाएका वेला नाम राखेका थिए, तीती नामहरु हटाई सकेका छन् ।

देशमा हुन पनि ती साम्राज्यवादी देशका शासकहरुले आ-आफ्नो देशको भाषा, वेशभुषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, चालचलन, कानुुनका साथै मालसमान र खाने कुरोसमेत आप्mनै देशबाट लगेर त्यहाँका जनतालाई सुरुमा सित्तैमा वा एकदमै थोरै मूल्यमा बेचे । भनिन्छ पछि त्यसरी सित्तैमा वा धेरै कम मूल्यमा बेचेका सरसामान, लत्तकपडा, भाँडाकुँडा आदि पछि ४, ५ दोब्बर मूल्यमा बेचे ! जस्तो कि दक्षिणा भारत जस्तो गर्मी ठाउँमा बेलायतीहरुले सित्तैमा चियापत्ती र चिनी वितरण गरेका थिए अरे ?! तर जब भारतको दक्षिणी क्षेत्र र अन्य गर्मी मौसम भएका क्षेत्रका भारतीयहरुमा चिया र चिनीको लत (स्वाद) ले छाड्नै नसक्ने स्थिति पैदा भयो, तब ती ठाउँमा परल मूल्यभन्दा धेरै बढी असुल्दै चिया र चिनीको व्यापक बिक्री–वितरण सुरु गरे ।

त्यस्तै अंग्रेजी भाषाको त कुरै नगरौं । किनभने ज–जसले जेजे भने तापनि अहिले आएर विश्वभरिकै मानिसहरुले वैकल्पिक रुपमा बोल्ने भाषा ‘अंग्रेजी’ भएको छ । त्यस्तै वेशभुषाको कुरो गर्दा ‘कोट’कै कुरो गरौं । आजका दिनमा जुनसुकै देशका जति नै राष्ट्रवादी हुँ भन्ने मान्छेहरुले पनि आप्mनो जीवनमा एक पटक ‘कोट’ लाएकै हुन्छ । जबकि ‘कोट’ लगाउने सुरुवात ‘अंग्रेज’हरुले नै गरेका हुन् भन्ने आम बुझाई रहेको छ । यो बुझाई सत्य हो–होइन ? जाँच—परख गर्ने काम चाहिँ विज्ञ पाठक महानुभावहरुले नै गर्नु होला । माथिको छोटो प्रसंग किन लेखेको हो भने, हाम्रो देशमा पनि धेरै हिमालका नाम विदेशी भाषामा रहेका छन् । विदेशी भाषामा पनि अंग्रेजी भाषामा नाम रहेका हिमाल अलि धेरै छन् । त्यसो त अंग्रेजी भाषाबाहेक फ्रेन्च, जर्मन, जापानीज, चिनियाँ, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि नेपाली हिमालका नाम रहेका छन् भने, हिन्दु देवीदेवताका नाममा रहेका हिमाल पनि निक्के धेरै छन् भने केही हिमालका नाम स्वदेशी तथा विदेशी प्रसिद्ध व्यक्तिहरुका नाममा पनि रहेका छन् । जस्तोे ‘–सगरमाथा’ हिमालकै उदाहरण लिऊँ । सो हिमाललाई आदि–अनादि कालदेखि उक्त हिमालको वरिपरि बस्दै आएका दक्षिणतर्पmका कुलुङ लगायत अन्य किराती, शेर्पा र उत्तरतर्फको तिब्बतमा बस्दै आएका आदिवासीहरुले ‘चोमोलुङमा’ भन्थे–भन्छन् । तर विडम्बना के थियो भने, त्यो वेला आजको जस्तो सुूचना, सञ्चार र प्रविधिको विकासले जगजगी मच्चाएको जमाना थिएन । त्यसैले सगरमाथाकोे दक्षिणतर्फ बस्ने, बसेका आदिवासी जनजातिहरुले आफ्नो मातृभाषाको नाम ‘चोमोलुङमा’ अरुले हरेर, चुँडेर “सगरमाथा, एभरेस्ट थर्डपोल,…”लगायत अनेकौं नाम राखेको थाहा पत्तो पाएनन् ।

यो लेखमा त्यस्ता केही उदाहरणहरु दिइएको छ । जस्तै पूर्वको कञ्चनजंघा क्षेत्रमा रहेको ‘किरात चुली’लाई आजभोलि ‘टेन्ट पिक’ भन्ने गरिन्छ । हुनत कञ्चनजंघा हिमाललाई लिम्बु जातिले आफ्नो भाषामा ‘सेवालुङ’÷‘सेन्छेलुङ’ भन्छन् । त्यस्तै नेपाली भाषामा कुम्भकर्ण भनिने हिमाललाई लिम्बु जातिले ‘फक्ताङलुङ’ भन्छन् । यो हिमाललाई लिम्बुलगायत किरातीहरुले आफ्नो आराध्यदेवको रुपमा पनि पुज्ने–मान्ने गर्छन् । तर, अधिकांश विदेशीहरुले भने उक्त हिमाललाई फक्ताङलुङ वा कुम्भकर्ण नामले भन्दा पनि ‘जान्नु हिमाल’ भनेर चिन्दछन् । त्यस्तै खुम्बु क्षेत्रमा केही हिमालको नाम विदेशी भाषामा रहेका छन । जस्तो कि, आईल्यान्ड पिक, पिक–२९ आदि । त्यस्तै गरेर लाङटाङ हिमाल क्षेत्रमा चाहिँ मोरीमोतो नामको हिमाल र अर्को चाहिँ स्काउटका जन्मदाता बाडेन पावेलको नाममा ‘बाडेन पावेल हिमाल’ रहेको छ । ‘बाडेन पावेल’को खास नाम ‘उर्कीमा’ रहो ।

खोज्दै जाँदा हामी नेपाली जाति र नेपाली भाषामा रहेका विदेशी हिमालहरु पनि त होलान् नि, अन्य देशमा ? कि कसो हौ ? हो, यस बारेमा केही चर्चा गरौं । किनभने, शीर्षक नै ‘विदेशमा पनि ‘‘गोर्खा’’ नाम गरेको हिमाल छ ?’ भनी राखिएको जो छ । हो, युरोप महादेशको स्वीट्जरल्यान्ड भन्ने देशमा ‘गोर्खाचुली’ नाम गरेको एक ‘हिमाल’ रहेको छ । पहिलो र दोस्रो विश्व युद्धमा बेलायती पक्षबाट लड्दा विभिन्न युद्ध मोर्चामा बहादुरीका साथ नेपालीहरु खासगरी मगर, गुरुङ, लिम्बु, आठपहरिया, याक्खा, बान्तावा, कुलुङ ( यिनीहरुलाई हाल ‘राई !’ भनेर चिन्ने गरिन्छ ।) युद्घ लडेका थिए । त्यसैले सम्पूर्ण नेपालीलाई नै ‘बहादुर, गोर्खा, गुर्खा, गुर्का’ आदि नामले चिनिने गरिन्छ, आजै पनि । साथै ‘नेपाली भन्ने बित्तिकै गोर्खाली र गोर्खाली भन्ने बित्तिकै नेपाली’ भन्ने पहिचान बन्यो, स्थापित भयो ।

डाक्टर हर्क गुरुङका अनुसार सन् १९१४–१६ मा भएको पहिलो विश्व युद्धभन्दा २० वर्ष र सन् १९४१–४५ मा भएको दोस्रो विश्व युद्धभन्दा लगभग ४४ वर्ष पहिले नै अर्थात् सन् १८९४ मै नेपालका कुनै हिमाल विदेशीले नचढ्दैका वेला नेपालका करवीर बुढाथोकी र हर्कवीर थापाले युरोपको आल्पस पर्वतमालाको एक हजार माइल चाहारेर स्वीट्जरल्यान्डमा पर्ने एक अज्ञात चुली चढेका थिए । पछि सो चुलीको नाम ‘गोर्खाचुली’ Piz Gurkha राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय