पेम्बा गेलु शेर्पा/२१ जुलाई २०२५

– शेर्पा किदुक साइप्रसले आफ्नो दशौँ वार्षिकोत्सव तथा छैठौँ महाधिवेशन एक भव्य समारोहका साथ सम्पन्न गरेको छ। कार्यक्रम जुलाई २० आइतबार, लिमासोलस्थित केबाब एण्ड करि हाउस मा विविध सांस्कृतिक र औपचारिक गतिविधिका साथ सम्पन्न भएको हो।

कार्यक्रमको विशेष आतिथ्यता गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साइप्रस का महासचिव दाता नन्द पाण्डेले गर्नुभएको थियो। विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा साइप्रसमा बसोबास गरिरहेकाहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भयो।

संस्थाका अध्यक्ष छिरिङ याङजोम शेर्पा र अतिथि महासचिव पाण्डेले केक काटेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो। स्वागत मन्तव्य उपाध्यक्ष आङ फुर्वा शेर्पाले प्रस्तुत गर्नुभएको थियो भने सम्पूर्ण कार्यक्रमको संचालन महासचिव आङ सानु शेर्पाले गर्नुभएको थियो।

महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ, जसअनुसार ङिमा लमु शेर्पा अध्यक्षमा निर्वाचित हुनु भएको छ। त्यस्तै पेम्बा शेर्पा उपाध्यक्ष, कान्डु शेर्पा महासचिव, लाक्पा ग्याल्छेन शेर्पा सचिव, पेमा शेर्पा कोषाध्यक्ष, फुरा याङजी शेर्पा सह–कोषाध्यक्षछिरिङ याङ्जोम शेर्पा सल्लाहकारमा चयन भएका छन्।

सदस्यहरूमा सोनाम छोटी शेर्पा, मिङमार शेर्पा, ग्याल्बो शेर्पा, फुर्बा शेर्पा, सोनी शेर्पा, आङ सानु शेर्पा र जिबुटी शेर्पा चयन भएका छन्।

कार्यक्रममा रोजगारी तथा अध्ययनका क्रममा साइप्रसमा रहेका शेर्पाहरूको उल्लेखनीय सहभागिता थियो। सांस्कृतिक, सामाजिक एकता र संस्थागत उत्तरदायित्वको सन्देश दिँदै सम्पन्न उक्त कार्यक्रमले प्रवासमा नेपाली समुदायबीच सशक्त एकताको सन्देश दिएको छ।

तस्वीरहरु – शेर्पा किदुग साईप्रसको फेसबुक पेजबाट । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय