काठमाडौँ, कार्तिक १७ । बुद्धबचन अनुवादक समिति नेपालद्धारा देव अवतरण दिवस (ल्हाभव धुइछेन) तथा शुभ दिपावली, छट, नेपाल संवतको अवसरमा चियापान एव सुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ ।
होटल हार्मिका, शेचेन कोलोनी बौद्धमा यही कत्र्तिक २१ गते बुधवार धर्म गुरु परम पुजनीय क्याब्जे शेछेन राब्ज्या रिन्पोछेको प्रमुख अतिथ्यता र संस्कृति, पर्यटन तथा नागरिक उडड्यान राज्यममन्त्री धन बहादुर बुढा मगरको विशेष आतिथ्यतमा हुन लागेको आयोजक एव बुद्ध बचन अनुवाद समितिका अध्यक्ष टिका शेर्पाले जानकारी दिनुभयो ।
यस समितिले प्रज्ञापारमिता (युम) सम्बोटा लिपिबाट नेपालीमा अनुवाद गरि रहेको छ । ४ बर्षै योजना अन्तरगर्त यस समितिले ४ बर्षसम्ममा प्रज्ञापारमिता नेपालीमा अनुवाद गरि सक्ने लक्ष्य लिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो
कार्यक्रम तालिका
१. सभापति, प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुको आसन ग्रहण ।
२. प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुमा व्याच तथा खादा वितरण ।
३. हाल नेपालीमा अनुवाद हुदै गरेको प्रज्ञापारमिता सुत्रको हालसम्मको प्रगति विवरणको प्रस्तुती ।
४. बुद्धवचन अनुवाद समिति नेपाल समितिका अनुवादक पदाधिकारी तथा सम्पादकहरुको परिचय
५. नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेनबाट देव अवतरण दिवसको महत्व बारे संक्षिप्त जानकारी ।
६. खेन्पो निमा सिंगे लामाबाट प्रज्ञापरमिता सुत्रको महत्वबारे संक्षिप्त चर्चा ।
७. प्रज्ञापारमिता सुत्रको नेपाली भाषामा अनुवाद कार्यमा रु एक लाख देखि माथि सहयोग गरेका दाताहरुलाई परम पुजनीय क्याब्जे शेछेन राब्ज्याम रिन्पोछेबाट अभिनन्दन ।
८. संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धन बहादुर बुढा मगरबाट शुभकामना मन्तव्य
९. माननिय सांसद जिप छिरीङ लामा शेर्पाबाट शुभकामना मन्तव्य
१०. पुर्व राजदुत डा. गणेश योञ्जनबाट शुभकामना मन्तव्य
११. प्रमुख अतिथि बौद्ध धर्म गुरु परम पुजनीय क्याब्जे शेछेन राब्ज्याम रिन्पोछेबाट प्रज्ञापामिता सुत्रबारे उपदेश ।
१२. सभापति एवं बुद्धवचन अनुवाद समिति नेपालका अध्यक्ष अनुवादक श्री टिका शेर्पाबाट धन्यावाद सहितको सभा विसर्जन
कार्यक्रम विहान ८ः३० बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025 Himali sandesh