काठमाडौं, मंसिर १ । आज राष्ट्रिय कर दिवस सरकारले कर सम्वन्धी विभिन्न सचेतना मुलुक कार्यक्रम आयोजना गरेको छ ।

पहिलो संघीय बजेट कार्यन्वयनको क्रममा रहेको सरकारले आज कर साक्षरता, करको दायर विस्तार, तथा बढी कर वुझाउने कम्पनी तथा व्यक्तिलाई सम्मान लगायतका विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
संघीय सरकारले जनतालाई अनावश्यक रुपमा दोहोरो कर थुपारिहेको भन्दै आलोचना भने भईरहेको छ । सरकारले यो वर्ष ९ खर्व ४५ अर्व हाराहारीमा राजश्व संकलनको लक्ष्य राखेको छ । लक्ष्य भन्दा वढी नै राजश्व संकलन गर्न सफल सरकारले चालु आर्थिक वर्षको ४ महिनामा ३५ प्रतिशत अथार्त ३ खर्व ३९ अर्ब राजश्व संकलन गरिसकेको छ ।

२०५४ मङ्सिर १ गते मुल्य अभिवृद्धि कर भ्याट लागु भएको दिनको सम्झनामा सातौँ राष्ट्रिय कर दिवसमा कर : समृद्ध नेपाल, सुखी नेपालीको भर नारा तय गरिएको छ । यसैबीच दिवसको अवसरमा प्रधानमन्त्री केपी ओलीले सम्पूर्ण करदाता, कर संकलक तथा व्यवस्थापनमा संलग्न कर्मचारीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
श्रोत इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय