काठमाडौं – शेर्पा संचार समूह नेपालले १५ दिने उद्घोषण तालिम संचालन गर्ने भएको छ । संचारमाध्यमा शेर्पा समुदायको भूमिका रहने र युवाहरुको समयको सदुपयोग होस् भन्ने उद्देश्यकासाथ यही असार १५ देखि ३१ गतेसम्म काठमाडौंस्थित बौद्ध टुसालमा आयोजना गर्न लागिएको हो ।

विगत १ दशकदेखि शेर्पा संचार समूह नेपालले शेर्पा समुदायलाई निरन्तर संचारमाध्यमको क्षेत्रमा अग्रसर गराउदै आएको शेर्पा संचार समूह नेपालका महासचिव पासाङ शेर्पाले जानकारी दिएका छन् । संचारमाध्यममा शेर्पा समुदायको पनि थप भूमिका हुने उद्देश्यले समाचार लेखन, फोटोग्राफी, उद्घोषण लगातय विषयमा तालिम प्रधान गर्दै आएको शेर्पाको भनाई छ ।

संचारमाध्यममा आदिवासी जनजातीको भूमिका न्युन हुने गरेको र शेर्पा समुदायको सक्रियता कम भएकोले उनीहरुलाई उत्साहन गर्न प्रत्यक वर्षे तालिम दिदैं आएको संस्थाले जनाएको छ ।
संस्थाले असार १५ गतेबाट सञ्चालन हुने उद्घोषण तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय