सोलुखुम्बु माग ९ मौसममा बदली भएपछि देशका अधिकांश स्थानमा हिमपात भएकोे छ भने केहि स्थानमा बर्षा भएको छ । सोेलुखुम्बु र पुर्वि पहाडी भेगमा हिमपातका साथै बर्षा भएको छ । जिल्लाको रानागी डाडा,पत्ताले डाडा,तामाखानी,लोदिङ,पिकेडाडा, लगायत डाडाहरु हिउले सेत्ताम्मे भएका छन् । हिउले जिल्लालाई डपक्कै ढाके पछि केहि हिउ खेल्नमा ब्यस्त देखिन्छ भने किसानहरु भने बाली नाली फस्ताउने भन्दै खुखि भएका छन् ।

पानी नपरेर सुकेका गहु, लगायतका बालीनाली हिमपातले फस्टाउने भन्दै उनीहरु खुसि भएका हुन । हिमपातका कारण जनजिवन प्रभावित हुने भए पनि मागमा परेको हिमपातले कृषकहरुलाई भने फाईदा पुग्ने कृषी विशेषज्ञहरुको भनाई छ । त्यस्तै छिमेकी जिल्ला ओखलढुगांका माथील्लो भेगहरुमा हिमपात भएको समाचार प्राप्त भएको छ । यता सुदूरपश्चिमका बैतडी, बाजुरा, डडेलधुरा, बझाङ, अछाम लगायतका जिल्लाहरुमा बाक्लो हिमपात परेको छ । यस्तै,कर्णालीको हुम्ला, जुम्ला सहितका जिल्लामा पनि हिमपात भएको छ ।
गए रातिदेखि हिमपात हुनुको साथै हावाहुरी चलिरहेका कारण जनजीवन प्रभावित भएको छ । हिमपातका कारण सवारी साधन आवतजावत अवरुद्ध बनेको छ भने बजार पनि सुनसान बनेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय