खुम्बु गाउँपालिकाभित्र प्लास्टिक जन्य वस्तुहरुलाई पूर्ण रुपमा निषेध

खुम्बु पासाङल्हमु गाउँपालिकाभित्र प्लास्टिक जन्य वस्तुहरुलाई निषेध गर्न सम्पूर्ण व्यावससायी हरुलाई आह्वान गरिएको छ । जलवायु परिवर्तनका कारण हिमाल र वातावरणमा परेको असरलाई मध्यनजर गर्दै गाउँपालिकाले यो निर्णय गरिएको हो । गाउँपालिकाको पाँचौ गाउँसभाबाट परित गरिएको नीती तथा कार्यक्रमा जलवायु परिवर्तन र यसबाट मानवीय स्वास्थमा समेत प्रतिकुल असर परिने भएको हुनाले यस्तो निर्णय गरिएको गाउँपालिकाको प्रबक्त लाक्पा छिरी शेर्पाले जानकारी दिनु भयो ।

३० काइक्रोन भन्दा कमको प्लास्टिक, कोक, फ्यान्टा, पेप्सी, मिरिन्डा, स्प्राईट लगायत प्लास्टिक जन्य पेय पदार्थ आयत नियन्त्रण गरी क्यानमा मात्र आयत तथा विक्री वितरण गर्न गाउँपालिकाले सुचना मार्फत जानकारी गराएको छ । गाउँपालिका भित्रका प्रतेक व्यावसयीहरुले सन् २०२० जनवारीबाट पूर्ण रुप्मा लागु हुने गरि निर्णय भएको हुनाले यस समय सम्मामा खरिद भएका सम्पूर्ण प्रलास्टिक जन्य पेय पर्दाथलाई विक्री वितारण गर्न पाउने र त्यस पस्चात भने पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको सुचनामा उल्लेख गरिएको छ । प्लास्टिक जन्य वस्तुको प्रयोगमा निषेध सँगै गाउँपालिकाले सन् २०२० जनवरी १ गते पश्चात वडा कार्यलय मार्फत प्रत्येक घर दुरीमा पाँच प्रकारका कपाडाको झोला वितरण गर्ने पनि प्रबक्ता शेर्पाले जानकारी दिनु भयो ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्यलाई सरसाफाई गर्न नेपाल सरकार, सगरमाथा प्रदुशन नियन्त्रन समिति ( एस.पि.सि.सि ), विभिन्न संघ सस्था लगायतको ध्यान केन्द्रित भई रहेको समयमा गाउँपालिकाको यो निर्णयबाट सकरात्मक असर पर्ने आशा गाउँपालिकाले गरिएको छ ।

प्रकाशित मिति २ भाद्र २०७६, सोमबार १७:१९