बिश्वभरि छरिएर रहनुभएका आम शेर्पा दाजुभाइ तथा दिदी बहिनीहरूमा चाढै नै आउदै गरेकेा ग्याल्पेा ल्हेासारकेा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै पछिल्ला समयमा ग्याल्पो ल्होसार मनाइरहँदा शेर्पा संघसंस्था र समुदायहरूमा देखिन थालेका बिकृति र समस्याहरू अनि केही तितासत्यहरू उजागार गर्न चाहन्छु ।

शेर्पा जातिहरूको बृहरोत्तर हकहितका लागि देश बिदेशमा संख्यात्मक रूपमा संस्थाहरू स्थापना हुनु आँफु पनि शेर्पा भएको नाताले खुसी लाग्छ तर स्थापित संघसंस्था र तिनका अगुवाइहरू ग्याल्पो ल्होसार र महाधिबेशनको बेलामात्र औंसीपुर्णेको जुन झै झुल्किएको देख्नु पर्दा शेर्पा जातिहरू अझै २० औं सताब्दि तिर नै छौं जस्तो लाग्छ ।

३६५ दिनमा २ दिन मात्र शेर्पा जातिहरू राज्यले पछि पारियो अब हाम्रो पहिचानका लागि एकजुट हुनुपर्यो भनेर हंगामा मच्याउन खोज्ने अनि अरू बाँकी दिनहरू चाहि ति कुराहरू उच्चारण समेत नगरेको देख्दा ति संस्थाहरू जन्मिनुभन्दा गर्भ मै तुहिए पनि पछुताउनु पर्ने बाध्यता म देख्दिन । अहिले आएर ल्होसारहरूमा बिभिन्न कार्यक्रमहरू गर्ने उद्धेश्यले जबर्जस्ति हुने गरेको चन्दा आतंक ,महँगो शुल्क,बढी तडकबडक,मितब्ययिताको अभाव ,देखासिकीले शेर्पा समुदायलाइ उभोगति हैन उदोगतितिर धकेलिरहेको छभन्ने आम शेर्पाहरूले महसुस गरेको देखिन्छ ।

ल्होसारको दिनमात्र जनमास बटुलेर महँगो महँगा कोचेनका आंगी बख्खुमा सजिन बाध्य पारी हातगाँसेर स्यब्रु नाँच्न लगाएर मात्र शेर्पा संस्कृतिको संरक्षण हुने भए ल्होसारलार्इ मौलिक चाड होइन दिवसको रूपमा मान्ने गरौँ । कार्यक्रमहरू आयोजना हुँदा लागेको लागत र प्राप्त सहयोग तथा अ।म्दानीहरू आम शेर्पाहरूलार्इ जगजायर होस । चाडपर्व मनाउने नाममा एक जनाको खल्ती भर्ने सोच गर्नुभएको छ भने शेर्पा संस्थाहरूको नाम गाँसेर होइन कम्पनि खोलेर ब्यबसायिक ल्होसार भनेर आयोजना गर्नुहोस । शेर्पा जातिहरूको हकहितका लागि स्थापित संस्थाहरूले ल्होसार मनाउनुहुन्न भन्ने मनासय भन्ने होइन ल्होसार मिलेर सौहर्दढंगले मनाऔं तर अरू दिनहरूमा निदाएर नबसौं ।

बिश्वब्यापीकरणको जमानामा समुदाय र देशको माग र आवश्यकता बमोजिम यस्ता महत्वपूर्ण चाडहरुको अवसर पारेर बिभिन्न कार्यक्रमहरू,सचेतना अभियान,जनजागरण अभियान,बिभिन्न सीपमुलक तथा जीवनउपयोगी तालिमहरू,जातिय पहिचान जीवन्त राख्न महत्वपुर्ण स्थानहरूमा शालिक तथा संग्रहलायहरूको स्थापना गरौ । शेर्पा जातिका ति संस्थाहरूले यी र यस्ता महत्वपुर्ण कार्यक्रमहरू गरी शेर्पा समुदाय मात्र नभइ अन्य समुदाय र पिछाडिएका समुदायहरू पनि लाभान्वित बनोस भन्ने मेरो सोच अनि सल्लाह दिन चाहन्छु ।

बास्तबमै भन्ने हो भने शेर्पा समुदायमा प्रतिभावान र शिक्षित युवाहरूको खडेरी लागेको छ । एउटा जिल्लामा एउटा एनजिओ आइएनजिओ चलाउन ब्याचलर पास गरेको शेर्पा युवाहरू खोज्न मुस्किल छ अनि कसरी सम्भव होला र शेर्पा स्वायत्त प्रदेश अनि शेर्पा राज्यरु राज्यले एक समय पछि पारेको केही हतसम्म सत्य नै हो तर शेर्पा युवाहरूमा राज्यको प्रशासनिक निकायसम्म संलग्न हुन एउटा बाहुनको छोराले जस्तै पानी खाएर टुपी कसेर अध्ययन गरेको छ कि छैन गन्तब्यमा पुग्न कति अभ्यास गरिरहेको छ सोच्नुपर्ने बेला आएको छ । मतलब पछि पारियो भनेर अरूलाइ दोष लगाउनुभन्दा के कारणले पछि पर्यो बुझेर अघि बढ्नु बुद्दिमानि हुनेछ ।

थुजिक्षे टसिदेलेक ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय